काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा छलफल हुँदै

 भदौ २३, २०७७ मंगलबार १४:२९:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप्ने वन तथप्ने विषयमा अहिले छलफल भइरहेको छ । 

अहिले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयका प्रमुख, उद्योग वाणिज्य महासङ्घ र महानगरीय ट्राफिक प्रहरी महाशाखाका पदाधिकारीबीच छलफल भइरहेको छ । 

यो छलफलपछि सुरक्षाकर्मीसित छलफल गर्ने र त्यसपछि फेरि प्रमुख जिल्ला अधिकारीबीच छलफल हुने जिल्ला प्रशासन कार्यालय काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘उपत्यकाका निम्न आय भएका वर्गको अवस्था जटिल बन्दै गएको कुरा हामी आफैलाई थाहा छ, उहाँहरुको लागि जे उपयुक्त हुन्छ त्यहीँ निर्णय गर्छौँ, निर्णय भोलि आउँछ, आज छलफल र परामर्श हुन्छ ।’ यस्तै उहाँले स्वास्थ्य विज्ञसँग पनि परामर्श भइरहेकाले स्वास्थ्यसँगै आर्थिक र सामाजिक प्रभावलाई ध्यानमा राखेर निर्णय हुने बताउनुभयो । 

बैठकमा आर्थिक गतिविधि ठप्प भएकाले मोडालिटी परिवर्तन गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने बारेमा पनि परामर्श भइरहेको छ  । 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया