२४ घण्टामा २ हजार २८७ जना डिस्चार्ज, ९०२ जनामा काेराेना पुष्टि

 भदौ २३, २०७७ मंगलबार १६:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेकाे छ । गएको २४ घण्टामा नाै सय दुई जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लाे २४ घण्टामा १० हजार ६ सय ११ जनाकाे पीसीआर विधिमार्फत परीक्षण गर्दा नाै सय दुई जनामा काेराेनाकाे सङ्क्रमण देखिएकाे हाे । यस्तै गएको २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार दुई सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ३२ हजार नाै सय ६४ जना पुगेको छ ।  

अब नेपालमा १४ हजार आठ सय ६८ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै पाँच हजार तीन सय १० जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया