दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न/गराउन प्रहरी परिचालन

 भदौ २५, २०७७ बिहिबार ७:२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको नयाँ दिल्लीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न/गराउन प्रहरी परिचालन गरिने भएको छ । 

दिल्लीमा रहेका हरेक प्रहरी युनिटमा कोभिड-१९ को महामारी नियन्त्रण र रोकथामका लागि आवश्यक पर्ने र सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गराउने बारेमा एक प्रहरी टिम परिचालन गरिने भएको हो। 

स्वास्थ्य मापदण्ड पालना नहुने क्रम बढेपछि कडाइका लागि प्रहरी खटाउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अब स्वास्थ्यका मापदण्ड पालना नगरे कडा कारबाही गरिने दिल्ली प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: भदौ २५, २०७७

तपाईको प्रतिक्रिया