काठमाण्डौ उपत्यकामा चल्न थाले सार्वजनिक गाडी

 भदौ २५, २०७७ बिहीबार ८:२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा सार्वजनिक गाडी खुल्न थालेका छन् । 

जोर-बिजोर प्रणालीमा गाडी खुलाउने निर्णयअनुसार आज बिजोर नम्बरका गाडी चल्न थालेका छन् । 

हिजो उपत्यकाका तीन जिल्ला काठमाण्डाै, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले सरोकारवालाको छलफलपछि जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जोर-बिजोर प्रणालीमा सार्वजनिक गाडी चलाउने निर्णय गरेकाले आज बिजोर बार बिजोर नम्बरका गाडी चल्न थालेका छन् । निजी र सार्वजनिक सबै  गाडीमा जोर-बिजोर प्रणाली लागू हुनेछ ।

 नियम पालना नगरी गाडी चलाउनेलाई होल्ड गरी बेलुका मात्रै छोड्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । त्यसका लागि बिहानैदेखि ट्राफिक प्रहरीले कडाइका साथ अनुगमन गरिरहेका महाशाखाले जनाएको छ ।

जोर-बिजोर प्रणालीमा गाडी चलाउन पाइने भए पनि सार्वजनिक गाडी भने १६ सिट क्षमताभन्दा माथिका गाडी मात्रै चलाउन पाइने छ । यस्तै यस्ता गाडीमा एक सिट छोडेर यात्रु राख्नु पर्ने छ भने गाडी चलाउँदा र चढ्दा अनिवार्य मास्क लगाउनुपर्छ ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Rajesh

    Sept. 10, 2020, 8:26 a.m.

    दण्ड भएन क्या ...दिन भरि राखेर राती छोडेपछि को डराउँछ हौ ....नियमको पालना नगरे बाइकलाई ५ हजार, सार्वजनिक बसलाई २० हजार ट्याक्सीलाई १० हजार जरिवाना राख्नु नि , अनि कसरी नियमको पालना हुन्छ, बल्ल थाहा हुन्छ सरकार ..

  •  0 Reply

तपाईको प्रतिक्रिया