शुभमन गिल बने एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो २५०० रन बनाउ...
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ - काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी चल्न थाले पनि लामो दूरीका गाडी भने यो महिनाभर चल्ने छैनन् ।
सरकारले असोज १ गतेसम्म लामो दूरीका गाडी नचलाउने निर्णय गरेको छ । तर यातायात व्यवसायीले भने जतिसक्दो छिटो लामो दूरीका गाडी चलाउन सरकारसँग माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भन्नुभयो -‘हामी अधिकतम जनस्वास्थ्यका मापदण्ड पालना गर्न तयार छौँ, पूर्वाधार विकास गरेर लामो दूरीका गाडी पनि अब चलाउन आग्रह गर्छौँ, गाडी चलाउने निर्णय नआए, स्वतस्फूर्त रुपमा आफैँ गाडी चलाउन बाध्य हुन्छौँ।’
सरकारको निर्णय पालना गर्दै ६ महिनासम्म लामो दूरीका सार्वजनिक बसलाई थन्काएर राखे पनि अब नसक्ने उहाँले बताउनुभयो । बस चलाउन नपाउँदा बैंकको किस्ता तिर्न नसकेको र गाडी बिग्रनुका साथै यातायात क्षेत्रका मजदुरलाई बिहान बेलुकाको छाक टार्न नै समस्या भएको उहाँले बताउनुभयो ।
लामो दूरीका सार्वजनिक चलाउन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, तीनवटा मजदुर संगठनको टोलीले हिजो यातायात व्यवस्था विभागका महानिर्देशकको ध्यानाकर्षण समेत गराएका छन् । सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेयता लामो दूरीका सार्वजनिक बस चलेका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।