सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै - सार्वजनिक गाडीमा स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएको पाइएको छ ।
सरकारले स्वास्थ्य मापदण्डको पालना गरी गाडी चलाउन भने पनि चालक, सह-चालक र यात्रुले समेत लापरबाही गर्ने गरेका हुन् । यातायात व्यवस्था विभागले गाडीमा एक लहरमा एक जना मात्रै बस्ने, अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था गर्नेलगायतका मापदण्ड तोकेको भए पनि मापदण्ड अनुसार गाडी नचलाउँदा कोरोनाको जोखिम बढेको छ ।
कतिपय गाडीले सिट क्षमताभन्दा पनि बढी यात्रु राखेको, यात्रुले पनि मास्क बिना नै गाडीमा यात्रा गर्ने गरेको समेत भेटिएको छ । ट्राफिक प्रहरीले सुरक्षा सावधानी अपनाएर गाडी चलाउन आग्रह गर्दै आएको जनाएको छ । त्यस्तै अटेरी गर्दा कोरोना सङ्क्रमणको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन यातायात व्यवस्था विभागले पनि आग्रह गरेको छ ।
अटेर गर्नेलाई कारबाही गर्न थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले जानकारी दिनुभयो । पछिल्लो १८ घण्टामा अटेरी गर्ने ८ सय ४२ वटा गाडीलाई कारबाही गरेको उहाँले जानकारी दिनुभयो । नियम उल्लङ्घन गर्ने गाडीलाई गएको १ गतेदेखि जरिवाना गर्न थालिएको महाशाखाका प्रवक्ता यादवले जानकारी दिनुभयो ।
भदौ मसान्तसम्म मापदण्ड पालना नगर्ने गाडीलाई दिनभर होल्ड गर्ने गरिएको थियो । अनुगमनलाई अझै प्रभावकारी बनाइने पनि उहाँले बताउनुभयो । गएको असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी सञ्चालनमा आएका छन् भने काठमाण्डौ उपत्यकामा जोरबिजोर नियमका आधारमा गाडी चलेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।