काेराेना सङ्क्रमितकाे सङ्ख्या ६५ हजार नाघ्याे, २४ घण्टामा १६ जनाकाे ज्यान गएकाे पुष्टि

 असोज ५, २०७७ सोमबार १६:२०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६५ हजार दुई सय ७६ पुगेकाे छ । गएको २४ घण्टामा एक हजार एक सय ५४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा नाै हजार पाँच सय ३३ जनाकाे पीसीआर परीक्षण गर्दा एक हजार एक सय ५४ जनामा सङ्क्रमण देखिएकाे हाे । गएकाे २४ घण्टामा एक हजार पाँच जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या ४७ हजार दुई सय ३८ पुगेको छ ।  

अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै सात हजार चार सय तीन जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

यस्तै गएको २४ घण्टामा १६ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।    

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया