राजस्व छल्ने तीन उद्योगविरुद्ध मुद्दा दायर, साढे २५ करोड रुपैयाँ जरिबाना माग

 असोज ५, २०७७ सोमबार १८:४०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – झूटा तथा नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छलेको आरोपमा तीन वटा उद्योगविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ ।

नक्कली भ्याट बिलमार्फत राजस्व छलेको आरोपमा काठमाण्डौ महानगरपालिका वडा नम्बर ३२ को प्लान सप्लायर्स/बिग प्लान ब्याग उद्योग, भक्तपुरको एपी ट्रेडर्स सप्लायर्स र बनेपाको सम्मानित ट्रेड कन्सर्नका सञ्चालकविरुद्ध राजस्व अनुसन्धान विभागले २५ करोड ५७ लाख ९७ हजार रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

बिग प्लान सप्लायर्सले दुई करोड ६ लाख भ्याट र आयकरतर्फ चार करोड ९० लाख रुपैयाँ कर छलेको आरोप लागेको छ । यस्तै एपी ट्रेडर्सले भ्याटतर्फ तीन करोड ७१ लाख, आयकरतर्फ आठ करोड ९८ लाख रुपैयाँ र सम्मानित ट्रेड कन्सर्नले भ्याटतर्फ एक करोड ७७ लाख र आयकरतर्फ चार करोड १२ लाख राजस्व छलेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।  

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया