आज सामाजिक सेवा दिवस मनाइँदै

 असोज ६, २०७७ मंगलबार ७:४३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज सामाजिक सेवा दिवस ‘सामाजिक क्षेत्र : राष्ट्रिय गौरव’ आजको प्राथमिकता समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने नाराका साथ मनाइँदैछ ।

४१ औं सामाजिक सेवा दिवस सप्ताहव्यापी रुपमा मनाउने निर्णय भएको समाज कल्याण परिषद्ले जनाएको छ । समाज सेवाको क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषद्ले विभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितिमा दिवस मनाउने गरेको छ ।

कोरोना महामारी तथा सङक्रमण जोखिमको यो बेला अप्ठ्यारोमा परेकालाई सहयोग तथा स्वास्थ्यकर्मीमाथि हुँदै आएका व्यवहार परिर्वतनमा जुट्न दिवस केन्द्रित गरिएको छ ।

२०३४ सालमा समाज कल्याण परिषद् स्थापना भएको दिन पारेर यो दिवस मनाउने गरिन्छ । समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माणका कार्यहरूसँग जोडेर समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई जीवनयापन गर्न सक्षम बनाउन समाज कल्याण परिषद् गठन गरिएको हो ।

समाज सेवाको क्षेत्रमा उत्कृष्ठ सेवा गर्नेलाई तुलसी मेहर समाज सेवा पुरस्कार र समाजसेवी पुरस्कार प्रदान गर्ने पनि परिषद्ले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया