पोखरामा वार्षिक र मनसुनी वर्षामा रेकर्ड, अबका तीन दिन देशका विभिन्न ठाउँमा धेरै पानी पर्ने

 असोज ६, २०७७ मंगलबार ८:०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज, भोलि र पर्सि देशका विभिन्न ठाउँमा हिजोअस्तीको भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आज र भोलि मध्य र पूर्वको तुलनामा पश्चिममा अलि धेरै पानी पर्नेछ । आज वाग्मती, गण्डकी र प्रदेश ५ का एकदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

यस्तै देशभरि कै मौसम पूर्ण रुपमा खुल्ने सम्भावना पनि नभएको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच पोखरामा वार्षिक र मनसुनी वर्षाले रेकर्ड बनाएको छ । यसअघि सन् १९९५ को मनसुनमा ४ हजार ६८ दशमलव ९ मिलिमिटर पानी परेको पोखरामा यो वर्षको मनसुनमा हिजोसम्म ४ हजार २ सय २० दशमलव २ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको हावापानी विश्लेषण शाखाकी शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार यो वर्ष पोखराको वार्षिक वर्षाले पनि रेकर्ड बनाएको छ । यसअघि सन् १९९८ मा ४ हजार ८ सय ७९ मिलिमिटर पानी परेकोमा यो वर्ष सकिन तीन महिना बाँकी छँदै ५ हजार ९७ दशमलव ३ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो ।

मनसुन सकिन अझै केही दिन लाग्ने र यो वर्ष सकिन अझै तीन महिना बाँकी भएकाले वर्षाको रेकर्ड अझै बढ्नेछ । सामान्यतया जुन १० तारिखमा नेपाल भित्रिने मनसुन सेप्टेम्बर २३ मा बाहिरिने गरेपनि केही वर्षयता ढिला भित्रिएर ढिलै बाहिरिने गरेको छ । यो वर्ष नेपालमा दुई दिन ढिला गरी मनसुन भित्रिएको थियो भने धेरै ठाउँमा औषत भन्दा धेरै पानी पानी परेको छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया