सहाना प्रधानकाे छैटाैँ स्मृति दिवस आज

 असोज ६, २०७७ मंगलबार १३:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको वामलोकतान्त्रिक आन्दोलनकी शिखर व्यक्तित्व सहाना प्रधानको आज छैटाैँ स्मृति दिवस हाे । तत्कालीन समाजलाई ब्यूँझाउन चेतनाको बिगुल फुक्नुभएकी प्रधान नेपाली समाजको कहिल्यै ननिभ्ने आलोकका रुपमा परिचित हुनहुन्छ । 

जीवनका झण्डै सात दशक राजनीतिक र सामाजिक आन्दोलनको अगुवाइ गर्नुभएकी प्रधान नेपालको वामप्रजातान्त्रिक आन्दोलन, कम्युनिस्ट आन्दोलन, राष्ट्रियताको आन्दोलन र समाज परिवर्तनको आन्दोलनमै आफ्नो सम्पूर्ण जीवन समर्पण गर्ने बहुआयामिक व्यक्तित्व हुन् ।

विक्रम संवत् १९८४ साल असार २७ गते काठमाण्डौको असनमा जन्मिएकी सहाना आमा रम्भादेवी प्रधान र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तान हुन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक अध्यक्ष पुष्पलाल श्रेष्ठकी जीवनसंगिनी उहाँका छोरी उषा र छोरा उमेश श्रेष्ठ छन् ।

सहाना प्रधान प्रतिष्ठानकी अध्यक्ष रामकुमारी झाँक्रीले स्वर्गीय प्रधानको सम्झनामा प्रतिष्ठानले आज बेलुकी ४ बजे एक कार्यक्रमको आयोजना गरेको जानकारी दिनुभयाे । 

‘नेपालको कम्युनिस्ट आन्दोलन र नेकपाको अबको बाटो’ विषयक भर्चुअल कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, तुलसीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्य, सहाना प्रधान प्रतिष्ठानका संरक्षक तथा सहानाका छोरा उमेशलाल श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष रामकुमारी झाँक्री वक्ता रहेको महासचिव कला राईले बताउनुभयाे ।  

नेपाली महिला आन्दोलन र राजनीतिमा एक्सन् ओरिएंटेट् आइरन् लेडी मानिने सहानाको २०७१ साल असोज ६ निधन भएको थियो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया