काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गयो, ३ जना घाइते

 असोज ७, २०७७ बुधबार ८:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

गएराति गोङ्गबुमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षका शंकर पन्तको ज्यान गएको छ । राति ८ बजेतिर गोङ्गबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले ठक्कर दिँदा घाइते भएका पन्तको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका धादिङका १४ वर्षका शंकर श्रेष्ठको उपचार भैरहेको छ । दुर्घटनापछि फरार भएका चालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ । यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को घताले चोकमा दुई वटा मोटरसाइकल पल्टिँदा रामेछापका २० वर्षका अनिश श्रेष्ठको ज्यान गएको छ ।

हिजो बेलुकी बा ७३ प ४१६१ नम्बरको मोटरसाइकल पल्टिँदा घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा ज्यान गएको प्रहरीले जनाएको छ । यो मोटरसाइकल दुर्घटना भएपछि बचाउन जाने क्रममा भे ६ प ५०७ नम्बरको मोटरसाइकल पनि पल्टिँदा घाइते भएका इलामका २१ वर्षका उज्वल राई र २३ वर्षका सुजल गहतराजको डाक्टर इबामुरा अस्पतालमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया