सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
माघ ३०, २०८१ बुधबार
काठमाण्डाै – काठमाण्डाै उपत्यका सडक विस्तार आयोजनाले युनाईटेड बिल्डर्स एण्ड ईन्जिनियर्स प्रा.लि. र दिवा शैलुङ जेभीलाई कारबाही गर्ने तयारी गरेको छ ।
यी दुई कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए ७ दिनभित्र स्पष्टिकरणसहित आधिकारिक प्रतिनिधि उपस्थित हुन आग्रह गरेको छ । यी दुई कम्पनीले गरेको आयोजना निर्माणका काम सम्झौताको शर्तअनुसार पुरा हुन नसकेको र कोरोना भाईरस सङ्क्रमणको कारण देखाएर थप मागिएको समयभित्र पनि काम गर्न चासो नदेखाएको आयोजनाले जनाएको छ ।
७ दिनभित्र स्पष्टिकरणसहित कम्पनीका आधिकारिक प्रतिनिधि उपस्थित नभए कारबाही प्रक्रिया अघि बढाइने आयोजनाले सूचना प्रकाशन गरेर जानकारी गराएको हाे । युनाईटेड विल्डर्स एण्ड ईन्जिनियर्स प्रालिले काठमाडौंको जोरपाटी–चावहिल–साँखु रोड र दिवा शैलुङ जेभीले ललितपुरको ढोलाहिटी– सुनाकोठी–चापागाउँ सडकखण्ड निर्माणको जिम्मा पाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।