चीनले नेपाली भूभागमा भवन बनाएकाे भन्ने विषयमा नेपालले फेरि प्रमाणीकरण गर्न सक्छ : चिनियाँ दूतावास

 असोज ७, २०७७ बुधबार १७:१२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै  – चीनले सीमा क्षेत्रकाे नेपाली भू–भागमा भवन बनाइरहेको भन्ने सन्दर्भमा नेपालले त्यस विषयमा फेरि जाँच गर्न सक्ने बताएको छ ।

नेपाल–चीन सीमा क्षेत्रकाे नेपाली भूभाग लाप्चा बगरमा चीनले भवन बनाएकाे सन्दर्भमा सञ्चारमाध्यममा समाचार प्रेसित भएकाे विषयमा काठमाण्डाैमा रहेकाे चिनियाँ दूतावासले प्रेस नाेट निकालेकाे हाे । 

चीनले नेपालकाे सार्वभौमिकता र भाैगाेलिक अखण्डतालाई सधैँ सम्मान गर्ने दूतावासले निकालेकाे नाेटमा भनिएकाे छ । 

दूतावासका प्रवक्ताले जारी गरेकाे प्रेस नोटमा भनिएको छ, 'चीन र नेपाल मित्र छिमेकी देश हाे, चीनले नेपालको सार्वाभौमिकता र भौगोलिक अखण्डतालाई सधैँ सम्मान गर्छ । भवन बनेकाे विषयमा नेपालले फेरि जाँच (प्रमाणीकरण) गर्न सक्छ ।'

साथै दुवै देशबीच सीमा विवाद नरहेको र सम्बन्धित विषयमा छलफल कायम राखेको प्रेस नाेटमा उल्लेख छ । 

नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लाप्चा बगर भन्ने ठाउँमा चीनले भवनहरू बनाएको समाचार सार्वजनिक भएपछि चिनियाँ पक्षबाट याे प्रतिक्रिया आएको हो ।

 याे पनि पढ्नुहाेस्

चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि अध्ययनका लागि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेकाे नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले मङ्गलबार जानकारी दिनुभएकाे थियाे ।

अध्यक्ष तामाङले आफूहरुले १२ नम्बरको पिल्लर देखेको र त्यहाँबाट सिधा हेर्दा भवन बनाएको ठाउँ नेपालको जस्तो देखिने तर ११ नम्बरको पिलर नदेखिएकाेले सीमा कसरी कोरिएको छ भन्ने थाहा नभएको बताउनुभयो । उहाँले सरकारले नै ११ नम्बरको पिल्लर खोजेर त्यो ठाउँबारे यकिन गर्नुपर्ने बताउनुभएकाे थियाे । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया