काेराेना सङ्क्रमणपछि निकाे हुनेकाे सङ्ख्या ५० हजार नाघ्याे, ६ जिल्लामा छैनन् सक्रिय सङ्क्रमित

 असोज ८, २०७७ बिहीबार १६:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या ५० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार सय ५७ जना कोरोनामुक्त भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको कुल सङ्ख्या ५० हजार चार सय ११ पुगेको हो । 

अब नेपालमा १८ हजार चार सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये आठ हजार ६ सय १४ जना संस्थागत आइसोलेशनमा रहेका छन् भने नौ हजार आठ सय २३ जना होम आइसोलेशनमा रहेका छन् । त्यस्तै क्वरेण्टीनमा रहेनेको सङ्ख्या ६ हजार पाँच सय ६५ भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले  जानकारी दिनुभयो । 

कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये दुई सय ३२ जनाको सघन उपचार कक्ष (आईसीयू) मा र २८ जनाको भेन्टिलेटरमा उपचार चलिरहेको मन्त्रालयले जनाएको छ । 

पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सिरहा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही छन् । त्यस्तै सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्लामा सक्रिय सङ्क्रमित छैनन् । 

मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६९ हजार तीन सय एक पुगेको छ ।   

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया