‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ ?’

 असोज ८, २०७७ बिहिबार १८:१५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकालगायत बाक्ला बस्तीमा कोरोना भाइरसको सङ्मक्रण दिनहुँ बढिरहेको छ । मानिसको धेरै भिडभाड हुने ठाउँ तथा शहरमा स्वास्थ्य मापदण्ड राम्ररी पालना नहुँदा सङ्क्रमण बढिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमण फैलिरहेकै बेला अहिले लामो तथा छोटा दुरीका गाडी सञ्चालनमा छन् भने आन्तरिक हवाई उडान पनि सुरु भइसकेको छ । होटेल तथा खाजा घरहरु पनि धमाधम खुलेकाले कोरोनाको जोखिम थप बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

यस्तै दशैँ, तिहार रर छठ जस्ता पर्व नजिकिँदै गएकाले पनि एक ठाउँबाट अर्को ठाउँमा कोरोनाको सङ्क्रमण सजिलै फैलने खतरा बढेको उहाँले बताउनुभयो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले निषेधाज्ञा खुलेपछि कोरानाको सङ्क्रमण बढेकोले अब आउँदै गरेका चाड पर्वका कारण अझ सङ्क्रमण फैलन सक्ने बताउनुभयो । उहाँले दशैँ नजिकिँदै गर्दा शहर र घनाबस्तीबाट आफ्नो घरगाँउ जाने क्रम सुरु भइसकेकाले जोखिम बढेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘दशैँमा घर जाँदा कतै बाआमालाई कोरोना कोसेली पो लिएर जाँदै छैनौँ ?’ दशैँमा आशीर्वाद लिन घर जाँदा कतै कोरोना पनि छ कि भनेर स्वास्थ्य सावधानी अपनाउनु पर्ने उहाँको भनाइ छ । उहाँले गाउँ घरमा रहेका ज्येष्ठ नागरिक, दीर्घ रोगीहरुलाई कोरोनाबाट जोगाउन चुनौती थपिएको पनि बताउनुभयो ।

साथै उहाँले सार्वजनिक गाडीमा ओहोरदोहोर गर्दा, बजार पसल जाँदा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्नुभयो ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया