सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो
माघ ३०, २०८१ बुधबार
काठमाण्डौ – नेपाल केबल टेलिभिजन व्यवसायी महासङ्घले ओटीटी–मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका छन् । महासङ्घका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसद्को विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी–मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् ।
नेपालमा ओटीटी–मोबाइल एप्समार्फत प्रभु टीभी र नेट टीभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गएकाे सोमबार संसद्को विकास तथा प्रविधि समितिले आउँदाे कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापनरहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । केबल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी–मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् ।
महासङ्घका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी–मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानुन सम्मत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गर्नुभयो ।
व्यवसायीहरुले नेपालमा गैरकानुनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी–मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अरबाैँकाे राजस्व छली गरिरहेको समेत बताएका छन् । त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका हुन् ।
यस्तै खुला सिमानाको फाइदा उठाउँदै भारतीय डीटीएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेकोप्रति पनि व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केवल टेलिभिजन व्यवसायीहरुले लगानी गरेको अरबाैँ रुपैयाँ जोखिममा पर्ने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।