यस वर्षकाे नाेबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घकाे विश्व खाद्य कार्यक्रमलाई

 असोज २३, २०७७ शुक्रबार १५:७:५९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई दिइने भएको छ । भोकमरीविरुद्ध लड्ने प्रयासको लागि डब्ल्यूएफपीलाई पुरस्कार दिइने भएको हो । 

नर्वेजियन नोबेल समितिले भनेको छ– ‘डब्ल्यूएफपीले युद्ध र सङ्घर्षको हतियारको रुपमा भोकको उपयोग रोक्ने प्रयासलाई एक प्रेरक शक्तिको रुपमा लिन सकिन्छ ।’

यो पुरस्कारको राशि १२ करोड नेपाली रुपैयाँभन्दा धेरै छ ।   

१ सय १ औँ पुरस्कार जित्ने विजेताको नाम नर्वेजियन नोबेल इन्स्टिच्युट ओस्लोमा भएको हा । 

पुरस्कार घोषणपछि डब्ल्यूएफपीका प्रवक्ताले भने, ‘यो हाम्रो लागि गर्वको क्षण हो ।’

बर्सेनि ८८ देशका नौ करोड ७० लाख नागरिकलाई सहयोग गर्दै आएको डब्ल्यूएफपीले जनाएको छ । 

गएकाे वर्ष याे पुरस्कार इथियाेपियाका प्रधानमन्त्री अबी अहमदलाई प्रदान गरिएकाे थियाे । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्‍याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ । 

यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र साहित्य का विजेताको नाम घोषणा भइसकेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया