रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गयो

 असोज २५, २०७७ आइतबार ८:७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरको सूर्यविनायकमा रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । 

सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका चालक भक्तपुर नगरपालिका- ४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल पछाडि बसेकी ७ वर्षकी प्रमिला लामाको डाक्टर इवामुरा अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया