ताप्लेजुङको सिंवा माध्यमिक विद्यालयमा आईसीटी केन्द्रको उद्घाटन

 कात्तिक २२, २०७७ शनिबार १३:१७:३६ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ को सिंवा माध्यमिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) केन्द्रको उद्घाटन गर्नुभएको छ ।

चौबिस वटा कम्प्युटर, प्रिन्टर, इन्टरनेट लगायतको व्यवस्थापनसँगै विद्यालयमा सूचना तथा सञ्चार प्रविधि कक्षको स्थापना गरिएको विद्यालयले जनाएको छ । मन्त्री भट्टराईकै पहलमा १ करोडको सहयोगमा ल्याबको स्थापना गरिएको सिंवा माध्यमिक विद्यालयका प्रधानाध्यपक ओमनाथ गौतमले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया