ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
ओखलढुङ्गा– ओखलढुङ्गामा बलात्कार भएको १० महिनापछि घटना सार्वजनिक भएको छ । १४ वर्षीया बालिकाले बच्चा जन्माएपछि उनी बलात्कृत भएको घटना खुलेको प्रहरीले जनाएको छ ।
घटना बाहिरिएपछि आरोपित चम्पादेवी गाउँपालिका २ का २९ वर्षीय वीरबहादुर मगरलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको हो । बालिकाले आफू २०७६ फागुन २८ गते बलात्कृत भएको बताएको परिवारको भनाइ छ ।
बालिका बिरामी भएपछि रामेछापको मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचारका लागि लगिएकोमा बालिकाले मङ्सिर १३ गते बच्चा जन्माएकी थिइन्, उनको अहिले उपचार भइरहेको छ ।
बालिकासँग सोधपुछपछि बलात्कृत भएको बताएपछि परिवारका सदस्यले सोमबार उजुरी दिएका थिए । उजुरीका आधारमा पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिव कट्टेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।