विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघ्यो

४ कराेड ५० लाखभन्दा धेरै निकाे

 मंसिर १८, २०७७ बिहीबार १६:५०:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १५ लाख नाघेको छ । दुई सय १८ वटा देशमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म १५ लाखभन्दा धेरैको ज्यान गएको वर्ल्डाेमिटरले जनाएको छ । 

अहिलेसम्म विश्वका ६ करोड ४९ लाख ४८ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमण भएकामध्ये चार करोड ५० लाखभन्दा धेरै निको भएका छन् । सबैभन्दा धेरै अमेरिकामा एक करोड ४३ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा दुई लाख ७९ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ । 

प्रभावितको दोस्रो नम्बरमा रहेको भारतमा ९५ लाख ३४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक लाख ३८ हजार ६ सयभन्दा धेरैले ज्यान गुमाएका छन् । विश्वका १३ वटा देशमा १० लाखभन्दा धेरै मानिसमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

गएको वर्षको डिसेम्बरमा चीनको वुहानमा देखिएको कोरोना भाइरस अहिले विश्वव्यापी महामारीको रुपमा रहेको छ । पछिल्ला दिनमा धेरै देशहरुमा महामारीको दोस्रो लहर चलिरहेकोले अहिले नयाँ सङ्क्रमित थपिने तथा ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ । 

यसैबीच काेराेना भाइरसविरुद्ध बनिरहेकाे खाेपले पाएकाे सफलताले भने आशा बढ्दै गएकाे छ । बुधबार मात्रै फाइजर कम्पनीले बनाएकाे काेराेना खाेपलाई बेलायतले प्रयाेगका लागि अनुमति दिएकाे छ ।

 याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया