बुधबार विशेष : ओली–प्रचण्डको भेट, साझा–विवेकशीलको एकता !

 मंसिर २४, २०७७ बुधबार १९:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – स्थायी कमिटी बैठक नजिकिंदै गर्दा सत्तारढ नेकपाका दुई अध्यक्षबीच भेटवार्ता भएको छ । एक–अर्कालाई गम्भीर आरोपसहित पत्र र प्रस्ताव आदानप्रदान गरिरहेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा कुनै सहमति नभए पनि पार्टीभित्रको विवाद समाधानको लागि यो भेट महत्वपूर्ण रहेको नेताहरुले बताएका छन् । नेकपाको स्थायी कमिटी बैठक २८ गते बस्दैछ । यसअघिको बैठकमा ओली उपस्थित हुनुभएको थिएन ।

सत्तारुढ नेकपा विभाजनतिर जाने हो कि भन्ने आशंका कायमै रहँदा विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता भएको छ । बुधबार अनलाइन कार्यक्रममार्फत विवेकशील–साझा पार्टी एक भएको घोषणा गरिएको हो ।

हेर्नुहोस् बुधबारका यिनै र अरु मुख्य खबर :

ओली र प्रचण्डबीच भेटवार्ता, पार्टीभित्रको विवादबारे सामान्य छलफल

विवेकशील–साझा एक भए

एआईजीकाे दरबन्दी थप नगर्न राज्य व्यवस्था समितिकाे निर्देशन

‘एआईजी दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएकाे भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

थप १०५६ जनामा काेराेना सङ्क्रमण, १४ सयभन्दा धेरै डिस्चार्ज

कोरोनाले सरसफाइको क्षेत्रमा ठूलो उपलब्धि भएको छ

विदेशमा हिंसा भयो या अन्य समस्या पर्‍यो ? सहयोगका लागि यी ठाउँमा सम्पर्क गर्नुहोस्

वैदेशिक रोजगारीको क्रममा समस्यामा पर्नुभयो ? विभागमा सम्पर्क गर्नुहोस्

सह–लगानी कार्यविधि जारी, पूर्वाधार निर्माणमा तीन वटै सरकारको लगानी र जिम्मेवारी हुने

भोलिदेखि चिडियाखाना खुल्ने

पद सम्हालेको सय दिनभित्र १० करोडलाई कोरोना खोप दिने बाइडेनको घोषणा

रातो मच्छिन्द्रनाथलाई पाटनको तःबहाल ल्याइयो 

नेपाल र चीनले जसरी सहकार्य गरे भाइरसलाई हराउन सकिन्छ : चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता

अवैध उत्खनन गरिएका खोलानालामा सीडीओसहितको टोलीद्वारा अनुगमन 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया