अफगानिस्तानको उत्तरी प्रान्त बाघलानमा रहेको सैन्य शिविरमा गएराति भएको तालिबान आक्रमणमा परी ४५ सैनिकको मृत्यु भएको छ ।
बाघलान प्रान्तको बाघलान–ए–मार्काजी जिल्लामा रहेको अल्लाहुद्दिन शिविरमा सयौंको सङ्ख्याका आएका तालिबान आतङ्ककारी समूहले आक्रमण गरेका थिए । अफगानिस्तानको राजधानी काबुलबाट १६० किलोमिटर उत्तरमा रहेको यस प्रान्तमा आतङ्ककारी आक्रमणपछि पनि भीषण झडप भएको प्रान्तीय सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।
यस आक्रमणमा ३५ सैनिक र १० अफगान स्थानीय प्रहरी मारिएका सुरक्षा अधिकारीहरुद्वारा जारी प्रतिवेदनमा जनाइएको छ । आक्रमणमा पाँच सैनिक घाइते भएका र अन्य ८ जना अफगान प्रहरी हराइरहेका छन् ।
तालिबानले ठूलो संख्यामा सैनिक सवारी साधन, हातहतियार र विस्फोटक पदार्थ कब्जा गरेका छन् । यस हप्तामा उत्तरी अफगानिस्तानका सुरक्षा अधिकारीमाथि भएको यो दोस्रो ठूलो तालिबान आक्रमण हो ।
गएकाे सोमबार मात्र फर्याब प्रान्तमा रहेको एक सैन्य शिविरमा भएको तालिबानी आक्रमणमा १७ अफगान सैनिकको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका थिए । पाँच सैनिकलाई तालिबानले कब्जासमेत गरेका थिए ।
अन्तिम अपडेट: मंसिर ६, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।