काठमाण्डाै र चितवनमा गाडी दुर्घटनामा दुई जनाको ज्यान गयो

 माघ ७, २०७७ बुधबार ९:१७:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै र चितवनमा गाडी दुर्घटनामा परि दुई जनाको ज्यान गएको छ ।

काठमाण्डाैको बल्खुमा डिजल बोकेको ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । ना ७ ख २२०९ नम्बरको डिजल बोकेको ट्यांकरको ठक्करबाट बा ५४ प ३०१ को स्कुटर चालक बल्खुको आश्राङ मार्गकी रिता खड्कीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यसैबीच, चितवनको राप्ती नगरपालिका–५ कालिका पेट्रोल पम्प नजिक गएराति बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । दुर्घटनामा परेर खोटाङका ४५ वर्षका चन्द्रबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ना ७ ख २१ ११ नम्बरको बस र ना ६ ख ४२ ८१ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । बसका सहचालक रौतहट चपुर–४ का विनोद शर्मा सङ्ग्रौला र ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साहको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया