बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको ज्यान गयो

 माघ १०, २०७७ शनिबार ७:२०:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

गएराति भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बाँके कोहलपुर घर भएका २२ वर्षीय साहिल बम खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार खत्रीको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा ज्यान गएको हो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया