बारा र रौतहटमा गाडी दुर्घटना : दुई जनाको ज्यान गयाे

 माघ ११, २०७७ आइतबार ८:२३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बारा र रौतहटमा गाडी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ ।

बाराको पर्वानीपुर गाउँपालिका ४ चैनपुरमा ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको ज्यान गएको हाे ।

प्रदेश ३, ०३ ००१ ख ०००९ नम्बरको ट्रकको ठक्करबाट भारतीय नागरिक चन्दन गुप्ताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

गुप्ताको उपचारका क्रममा बयोधा अस्पताल विरगन्जमा ज्यान गएको हो । यस्तै रौतहटको यमुनामाई गाउँपालिका-४ मा ट्याक्टरमा भ्यान ठोक्किँदा भ्यानका चालकको ज्यान गएको छ ।

ना ५ त ९२ ८३ नम्बरको ट्र्याक्टरमा ना १ ज ४८ ९५ नम्बरको भ्यानमा ठोक्किएर दुर्घटना हुँदा भ्यानका चालक रौतहटको गरुढा नगरपालिका-९ का राजेशकुमार सहनीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया