ताप्लेजुङको सिनाममा आगलागी : पाँच घर जलेर नष्ट

 माघ २१, २०७७ बुधबार ६:११:९ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको सिनाममा आगलागीमा परि पाँच घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो करिब ४ बजेतिर आगलागी भएको थियो ।  

सिरिजंघा १ सिनाम डाँडा गाउँका   दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । 

प्रहरी कार्यालका अनुसार बच्चाले भान्सामा आगो फुक्ने क्रममा  घरमा आगो सल्किएको हो । आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट ५६ लाख ७८ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीको छ । 

पीडित परिवार आगलागी भएको क्षेत्रमा पाल टाँगेर बसेका छन् । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया