दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मि...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - काठमाण्डाैको रानीबारी क्षेत्रमा आज बत्ती जाने भएको छ ।
महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरअन्तर्गत रानीबारी क्षेत्रमा हाइटेन्सन लाइनको मर्मतको काम गर्नुपर्ने भएकाले आज बिहान ३ घण्टाका लागि लाइन काट्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणकाअनुसार बिहान ७ देखि १० बजेसम्म रानीबारी क्षेत्रमा बत्ती काटिनेछ ।
निर्धारित समयभन्दा अगाडि नै काम सकिएमा त्यसअघि नै लाइन जोडिने पनि प्राधिकरणले जनाएको । प्राधिकरणले हिजो महाराजगञ्ज वितरण केन्द्रको सामाखुसी फिडरमा पर्ने क्षेत्रको ट्रान्सफर्मर मर्मत गरेको थियो । त्यस फिडरअन्तर्गत पर्ने गोङ्गबु, सामाखुसी, बानियाँटार, भण्डारी टोललगायत क्षेत्रमा हिजो बत्ती गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।