दुग्ध विकास संस्थानका उत्पादन सबै वडामा बिक्री गर्ने व्यवस्था मि...
माघ २६, २०८१ शनिबार
ललितपुर – ललितपुरको जावलाखेल चोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ ।
साेमवार दिउँसो बसले जावलाखेल चोकमा स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा अल्का अस्पतालमा ज्यान गएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ज्यान गुमाउने उदयपुरकाे कटारीकी २३ वर्षीया सिर्जना राई रहेकाे परिसरका प्रहरी उपरीक्षक (एसपी) एवम् प्रवक्ता प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो ।
बा २ ख ३५७४ नम्बरको बसले प्रदेश ३–०२–०१० प ५५८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बस चालकलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको पनि प्रहरी उपरीक्षक महर्जनले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।