अब देशमा अस्थिरता निम्तिन्छ : नेता पोखरेल

 फागुन ११, २०७७ मंगलबार २०:३०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका नेता आनन्दप्रसाद पोखरेलले प्रतिनिधि सभा पुनर्स्थापनाबाट देश फेरि अस्थिरतातर्फ जाने दाबी गर्नुभएको छ ।

उज्यालोसँग कुरा गर्दै नेता पोखरेलले अब फेरि विगतको जस्तो दलभित्र, संसदभित्र अस्थिरता पैदा हुने बताउनुभयो । उहाँले प्रतिनिधि सभा पुनर्स्थापनाबाट नागरिक मत लिने बाटो पनि छेकिएको भन्दै यसले स्थिरता नदिने बताउनुभयो ।

उहाँले आफूहरू संविधान मान्ने, न्यायालय स्वतन्त्र हुनुपर्ने, संविधानको सर्वाेच्चता मान्ने पार्टी भएकाले अदालतको निर्णयप्रति सकारात्मक र नकारात्मक टिप्पणी नगर्ने बताउनुभयो ।

नेता पोखरेलले अब प्रधानमन्त्रीले संसदीय प्रक्रियाहरू पूरा गरेर स्वाधिनताको पक्षमा र आत्मसमर्पणवादको विरुद्धमा लडाइँ जारी राख्ने बताउनुभयो । 

गएकाे पुस ५ गते भएको प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट परेका थिए । रिटको सुनुवाइको लागि संवैधानिक इजलास गठन भएको थियो । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।   

यसैगरी सर्वाेच्चकाे आदेशमा आदेशमा १३ दिनभित्रै संसद् बैठक बोलाउन भनिएको छ ।   

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया