पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलमा आज पुलिस र ब्रिगेड ब्वाइज...
माघ २६, २०८१ शनिबार
मकवानपुर - मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ नवलपुरमा आज बिहानै ट्रकले ठक्कर दिँदा सफारी रिक्सा चालकको ज्यान गएकाे छ ।
ज्यान गुमाउनेमा हेटौँडा उपमहानगरपालिका-११ बस्ने ३६ वर्षीय खेमलाल श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आज बिहान पौने ६ बजेतिर मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना १ ह ३४०८ नम्बरको सफारी रिक्सालाई ठक्कर दिँदा श्रेष्ठ गम्भीर घाइते भएका थिए । घाइते श्रेष्ठलाई उपचारका लागि चुरेहिल अस्पताल लगिएको थियो र चिकित्सकले डाक्टरले मृत घोषणा गरेका हुन् ।
दुर्घटनापश्चात ट्रक चालक फरार छन् । उनको खोजी हुनुका साथै ट्रकलाई नियन्त्रणमा लिएर घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुर प्रहरीकाअनुसार मृतक श्रेष्ठको शव हाल चुरेहिल अस्पतालमा रहेको र परीक्षणका लागि हेटौँडा अस्पताल लैजाने तयारी भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।