ममाथि शारीरिक हमला हुन सक्छ, ज्यान तलमाथि भयो भने अनौठो नमान्नु : ओली

 फागुन १७, २०७७ सोमबार १४:३८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने जोखिम रहेको बताउनुभएको छ ।

पोखरामा भएको अगुवा कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले आफूले देश र नागरिकको पक्षमा काम गरेको तर केहि देशी विदेशी पक्षले प्रहार गरिरहेको र त्यो शारीरिक आक्रमणकै तहमा पुग्न सक्ने बताउनुभयो । 

‘ममाथि शारीरिक हमला हुन सक्छ र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला’ ओलीले भन्नुभयो । तर त्यस्तो हुन नदिइने र पर्याप्त सतर्कता अपनाइने ओलीको भनाइ छ । 

‘म रहिन भने पनि आन्दोलन रोकिन्न, पार्टीलाई तलमाथि पर्न दिन हुन्न, लोकतान्त्रिक आन्दोलन तलमाथि हुन दिइनु हुँदैन’ ओलीले भन्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

1 Comments

  • Nirmal sunuwar

    March 1, 2021, 7:15 p.m.

    देश कोभिदमा लडी रहदा तपाई को साम्सद विघटन गर्नु नै भुल हो प्रधानमन्त्री ज्यु अनि आफु माथी आक्रमण हुनेछ भन्न् गलत हो . किन्कि गल्ती गर्नेले अनिवार्य सजाय हुनेछ अब नैतिकता आधारले राजीनामा दिनुस अनि सहज होला।

  •  0 Reply

तपाईको प्रतिक्रिया