कोरोनाका कारण थप तीन जनाको ज्यान गयो, ७३ जनामा सङ्क्रमण पुष्टि

 फागुन १७, २०७७ सोमबार १६:२४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको छ । अहिलेसम्म नेपालमा दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।

अहिले नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया