वैज्ञानिकको नाममा वन सखाप पार्ने नीति पो रहेछ : प्रधानमन्त्री ओली

 फागुन १८, २०७७ मंगलबार १४:४०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले वनसँग सम्बन्धित नीति बनाउँदा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको छ । मङ्गलवार काठमाण्डाैमा आयोजित सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालको आठौँ राष्ट्रिय परिषद्को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले वन विकासको नीति बनाउँदा नागरिक तथा उपभोक्ताको साथ लिएर बनाउने बताउनुभएको हो । 

वनको सुरक्षा, संरक्षण तथा जीवजन्तुको सुरक्षा र संरक्षणका लागि पनि नागरिककाे साथ लिने उहाँको भनाइ छ । प्रधानमन्त्री ओलीले वैज्ञानिक वन व्यवस्थापनका नाममा वन सखाप पारिएको भन्दै वन विकासको प्रतिफल दिने नीति आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘वैज्ञानिक वन व्यवस्थापन भनेर त्यसको नाममा यो वन सखाप पार्ने नीति हो भन्ने चाहिँ ठानेको थिइनँ । यो त वैज्ञानिक भनेपछि राम्रो होला भनेको त, वैज्ञानिकको नाममा त सखाप नीति रैछ । त्यो सखाप नीति होइन, वैज्ञानिक नीति हुनुपर्‍याे । दिगो वन विकास नीति हुनुपर्‍याे । प्रतिफल दिने विकास नीति हुनुपर्‍याे र यो कुरा के भने हामी नीतिहरट्ठ बनाउँदा तपाईँहरूको साथ लिएर बनाउँछौँ । नागरिककाे साथ लिएर बनाउँछौँ । उपभोक्ताको साथ लिएर बनाउँछौँ । देश विकास गर्नेदेखि लिएर वनको सुरक्षा, संरक्षण, जीवजन्तुको संरक्षण, सुरक्षा आदि सबै कुरा नागरिककाे साथ लिएर बनाउँछौँ ।’

प्रधानमन्त्री ओलीले सामुदायिक वन उपभोक्ता समितिहरूले वनको संरक्षण गर्न भूमिका खेलेको बताउनुभयो । उपभोक्ता समितिहरूले नष्ट भइसकेका वनहरूलाई पुनर्जीवन दिएको उहाँको भनाइ छ । फलस्वरूप वातावरणीय सन्तुलन कायम हुन योगदान पुगेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सायद उपभोक्ता समितिहरू नबनेका भए, सामुदायिक वनहरूको रूपमा व्यवस्थापन नगरेको भए अहिले हाम्रो वन क्षेत्रको धेरै प्रतिशत नष्ट भइसक्या हुन्थ्यो । नष्ट भइसकेका वनहरूलाई वन उपभोक्ता समितिहरूले पुनर्उत्थान गरेका छन् । तिनलाई पुनर्जीवन दिएका छन् र हाम्रो वातावरणीय सन्तुलन, हाम्रो वृष्टि, अनावृष्टि जस्ता कुराहरूलाई सन्तुलन र हाम्रो देशलाई बढ्दो तापक्रम नियन्त्रण गर्ने कुरामा ठूलो योगदान पुगेको छ ।’

प्रधानमन्त्री ओलीले सबै प्रकारका वनको सुरक्षा, समुचित प्रबन्ध र व्यवस्थापनमा सरकारको ध्यान रहेको पनि बताउनुभयो । वनको अधिकतम सुरक्षा र विकास गरी नागरिक र राष्ट्रले अधिकतम प्रतिफल लिने कुरामा सन्तुलन कायम गर्ने पनि उहाँको भनाइ छ ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया