ताप्लेजुङ : आगलागी पीडितलाई राहत दिन सुरु

 फागुन १८, २०७७ मंगलबार २०:१:२३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा मङ्गलवार भएको आगलागीका कारण गाँसबास गुमाएका परिवारलाई राहत वितरण गर्न थालिएकाे छ । 

मेरिङदेन गाउँपालिकाले आगलागी पीडितका प्रति परिवारलाई १५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले विभिन्न भाडाकुँडासहितका सामग्री र उद्योग वाणिज्य सङ्घले २० केजी चामल, नुन, तेललगायतका सामग्री वितरण गरेको छ । 

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा कम्तीमा ४९ घर जलेका छन् । ५६ परिवार पूर्ण र थप २२ परिवार गरी ७८ घर परिवार विस्थापित भएका निमित्त प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले जानकारी दिनुभयो । 

मेरिङदेन गाउँपालिका ३ दोभान बजारमा जलेका घरमा सयभन्दा धेरै पसल रहेका थिए । आगोले घर तथा पसलमा क्षति गरेको छ । बजार क्षेत्रमा बीचबीचका घरहरु हटाएर दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बालनरसिंह राणाले बताउनुभयो ।

आगलागीपछि भएको क्षतिको विवरण सङ्कलनको काम सुरु गरिएको प्रहरी प्रमुख राणाले जानकारी दिनुभयो । बस्तीबाट सुरु भएको आगो साक्फारा सामुदायिक वनमा पनि सल्किएको छ ।

बिहान नौ बजेतिर स्थानीय भोला पौडेलको घरबाट विद्युत् शर्ट भएर आगलागी सुुरु भएको अनुमान गरिएको गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बुले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया