देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव

 फागुन २०, २०७७ बिहिबार ८:१५:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – आज देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । योसँगै केही पहाडी क्षेत्रको मौसममा आंशिक बद्ली भइ केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताउनुभयो ।

उहाँका अनुसार गण्डकीसहित, प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने अनुमान छ । आज उच्च पहाडी र हिमाली जिल्लामा हल्का हिमपात पनि हुने मौसमविद् शाक्यले बताउनुभयो ।

आज काठमाण्डौ उपत्यकामा पनि मौसम आंशिक बद्ली हुने मौसमविद्ले बताएका छन् । 
 

अन्तिम अपडेट: चैत २, २०७७

तपाईको प्रतिक्रिया