पोखरा गोल्डकपको पहिलो क्वाटरफाइनलमा आज पुलिस र ब्रिगेड ब्वाइज...
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – आज देशभरका अदालतहरु बन्द हुने भएका छन् । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक व्यक्त गर्दै देशभरका अदालतमा आज शोक बिदा दिने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले आज एक दिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं अन्य अदालत र न्यायाधीकरणलाई शोक बिदा दिने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
पूर्वप्रधानन्यायाधीश सिंहको अस्ति निधन भएको थियो । २०५२ सालको असोज १० गते प्रधानन्यायाधीश पदमा नियुक्त हुनुभएका उहाँले २०५३ फागुन ३ गतेसम्म कार्यभार सम्हाल्नुभएको थियो । यसैबीच, आज अदालत बन्द हुने भएसँगै नेकपा नामको विवादमा फैसला आउने मिति पनि पछि सरेको छ । यसअघि गएको बिहीबार सर्वोच्च अदालतले आज नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि हालको सत्तारुढ दल निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता भएको थियो । तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो । यसबारेको विवादको फैसला आज सुनाउने सर्वोच्च अदालतले तयारी गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।