सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री ओली सिन्धुलीमा

 फागुन २०, २०७७ बिहीबार ११:५८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज शिलान्यास हुने भएको छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुली जानु भएको छ ।

सुनकोशी नदीको पानीलाई झण्डै १४ किलोमिटर लामो सुरुङबाट मरिन नदीमा जोडेर बनाइने यो आयोजनाबाट ३१ मेगावाट बिजुली निकाल्ने तथा धनुषा महोत्तरी, सर्लाही, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य राखिएको छ ।

सुनकोशी-मरिन डाइभर्सन बहुउदेश्यीय अयोजनालाई राष्ट्रिय योजना आयोगले २०७३ मा अगाडि बढाउने निर्णय गरेको थियो । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले पाएको छ । १३ दशमलव ३ किलोमिटरको सुरुङ बनाइने छ  । २०८२/८३ मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत ४६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

यो आयोजनाबाट विद्युतसँगै प्रदेश २ का ५ जिल्लामा सिँचाइ सुविधा पनि पुग्ने छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली ठुलाठूला आयोजनाको शिलान्यास र उद्घाटनमा व्यस्त हुनुहुन्छ ।
 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया