प्रचण्ड-नेपाल समूहले केन्द्रीय सदस्यलाई पेरिसडाँडामा बोलायो

 फागुन २०, २०७७ बिहिबार १२:४३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधिसभा बैठकको मिति नजिकिदै गर्दा राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । केही दिनदेखि दलहरु आन्तरिक रणनीतिका लागि छलफलमा जुटिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले आज पनि केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बोलाएको छ । हिजो मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडा बोलाएको हो ।

केहीबेरमा काठमाण्डाै उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएको प्रचण्ड–नेपाल समूहका नेताहरुले बताएका छन् । 
 

अन्तिम अपडेट: फागुन २५, २०७७

तपाईको प्रतिक्रिया