अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – म्यानमारमा भएको नरसंहारको विरोध गर्दै नेपालका नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । म्यानमारमा भएको नरसंहारको विरोधमा शुक्रवार नागरिक अगुवाहरूले ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ लेखिएको ब्यानरमा ललितपुरमा रहेकाे म्यानमारको दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
उनीहरूले 'नागरिक आन्दोलन जारी छ, म्यानमार नरसंहार बन्द गर, हामी म्यानमारका नागरिककाे साथमा छौँ, म्यानमार नरसंहारबारे अन्तर्राष्ट्रिय समुदाय बोल, म्यानमार सरकार नागरिक हत्या बन्द गर' लगायत लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए भने आ–आफ्नो तीन वटा औँला देखाएर प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनमा नागरिक अगुवाहरू खगेन्द्र सङ्ग्रौला, डाक्टर गोविन्द केसी, नारायण वाग्ले, युग पाठक लगायतको सहभागिता रहेको थियो ।
प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र सङ्ग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरू म्यानमारका नागरिकलाई एक्यबद्धता जनाउन सडकमा आएको बताउनुभयो । अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै सङ्ग्रौलाले म्यानमारका नागरिकले जित्ने पनि बताउनुभयो ।
विरोध प्रदर्शनमा म्यानमारको सैनिक दमनलाई साङ्केतिक रूपमा देखाउन कलाकारहरूले प्रस्तुति पनि देखाएका थिए । म्यानमारमा फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि त्यसको विरोधमा निरन्तर आन्दोलन हुँदै आएको छ । सङ्घर्षका क्रममा कैयाैँ नागरिकले ज्यान गुमाइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।