आज काठमाण्डौसहित गण्डकीका पाँच जिल्लामा बत्ती जाने

 फागुन २२, २०७७ शनिबार ७:२८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ उपत्यका केही ठाउँसहित उपत्यकाका बाहिरका मुख्य सहरमा आज फिडर लाइन सटडाउन गरिने भएको छ ।

ललितपुरको सैबु फिडरअन्तर्गत पर्ने फूलबारी चोक, भैँसेपाटी आवास क्षेत्रमा पोल सार्न फिडर सटडाउन गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । खोकना फिडरअन्तर्गत पर्ने चुनिखेल क्षेत्रमा पनि पोल सारिने भएको छ । 

काठमाण्डौको बाँसबारी फिडरअन्तर्गत पर्ने कपन मार्गमा रहेको ट्रान्सफर्मर मर्मत गर्न आज दिउँसो २ बजेदेखि ३ बजेसम्म महाराजगञ्ज, कपनमार्ग, पिपलबोट, गंगालाल हस्पिटललगायतका क्षेत्रमा बत्ती जाने भएको छ ।

भरतपुर महानगरका केही ठाउँ र विराटनगर महानगरको वडा २, ३, ४, ८ र ९ मा बत्ती जाने भएको छ । गण्डकी प्रदेशका पाँच वटा जिल्लामा आज तीन घण्टा बिजुली नआउने भएको छ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म कास्की, पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणको पोखरा ग्रिड शाखाअन्तर्गत लेखनाथ सबस्टेशनमा १ सय ३२ केभीको एक्सटेन्सन कार्यका लागि विद्युत बन्द हुने प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया