खोप अभियानका लागि काठमाण्डौ महानगरले तोक्यो १५ केन्द्र

 फागुन २२, २०७७ शनिबार ९:३३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले भोलिदेखि सुरु हुने कोरोनाविरुद्धको खोप अभियानका लागि विभिन्न १५ ठाउँमा केन्द्र तोकेको छ ।

६५ वर्षमाथिका व्यक्तिलाई कोरोना खोप लगाउन विभिन्न १५ ठाउँमा खोप केन्द्र तोकिएको महानगरपालिकाको सहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, क्षेत्रपाटी नि:शुल्क चिकित्सालय, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र निजामती कर्मचारी अस्पताल तोकिएका महानगरपालिकाले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै सिनामङ्गलमा रहेको मदरल्याण्ड अस्पताल, काठमाण्डौ मेडिकल कलेज, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, बौद्धमा रहेको स्तूपा अस्पताल र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र रहेका छन् ।

यस्तै त्रिवि शिक्षण अस्पताल, हिमाल अस्पताल, नेपाल प्रहरी अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र बालाजुमा रहेको जनमैत्री अस्पतालमा पनि खोप लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया