'वेटिङ प्रधानमन्त्री' भए पनि प्रधानमन्त्रीको दौडमा छैन : देउवा

 फागुन २२, २०७७ शनिबार १२:१२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पार्नुभएको छ ।

आफ्नै निवास बुढानीलकण्ठमा भएको कार्यक्रममा सभापति देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफू भने प्रधानमन्त्रीको दौडमा नरहेको बताउनुभयो ।

सत्तारुढ नेकपाभित्रको आन्तरिक किचलोमा आफू नफस्ने भन्दै उहाँले संसदमा नेकपा कसरी प्रस्तुत हुन्छ त्यसैबेला कांग्रेसले उपयुक्त निर्णय लिने बताउनुभयो । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले नेतृत्वलाई सरकारमा जान नहतारिन सुझाव दिँदै आएका छन् ।

हिजो सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा सांसदहरुले सरकारमा जान नहतारिन भन्दै सरकारमा गएमा पनि कांग्रेसकै नेतृत्वमा सरकार हुनुपर्ने सुझाव दिएका हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि प्रतिनिधिसभा अधिवेशन आह्वान गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया