अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्राथमिकताकाे आधारमा काेराेना विरुद्धको खोप सबैलाई उपलब्ध गराउने बताउनुभएको छ ।
शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले काेराेना विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताउनुभएको हो ।
‘हामी खाेप प्रदान गर्ने प्रक्रियालाई नरोकीकन अगाडि बढाउँछौ, सबै लक्षित समुदायमा खाेप पुर्याउछौँ', उहाँले भन्नुभयाे, 'सबैलाई हामी क्रमशः त्यसको प्राथमिकताकाे आधारमा खाेप उपलब्ध गराउछौँ ।'
यस्तै अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्थाहरु, उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्ण काम गरेको जिकिर पनि गर्नुभयो ।
सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रको लागि पनि विद्युतको डिमाण्ड शुल्क छुट दिने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।