प्रधानमन्त्री ओलीले भोलि कोरोना विरुद्धको खोप लगाउने

 फागुन २२, २०७७ शनिबार १४:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि कोरोना भाइरसविरुद्धको खोप लगाउनुहुने भएको छ । प्रधानमन्त्री ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा बिहान १० बजे खोप लगाएर दोश्रो चरणको खोप अभियान शुरुवात गर्नुहुने स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिनुभयो ।

भोलिदेखि शुरु हुने दोश्रो चरणको खोप अभियान अन्तर्गत देशभरका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाइदैछ ।  १५ वटा हिमाली जिल्लामा भने ५५ वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई पनि भोलिदेखि नै खोप लगाइने छ । 

भोलिदेखी लगाइने खोप पनि नेपालमा यस अघि प्रयोग भैरहेको भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड नै हो । यसैबीच विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा भोलि तीन लाख ४८ हजार डोज कोरोना खोप नेपाल आउने भएको छ ।

काठमाण्डौमा भएको खोप सम्बन्धी अन्तरक्रियामा स्वास्थ्यमन्त्री त्रिपाठीले कोभ्याक्स सुविधा अन्तर्गतको पहिलो चरणमा भोलि कोरोना खोप नेपाल आइपुग्ने जनाकारी दिनुभएको हो ।  कोभ्याक्स सुविधा अन्तर्गत आउने खोप पनि कोभिशिल्ड खोप नै हो । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया