नख्खु कारागारमा विप्लव र हेमन्तप्रकाश ओलीबीच भेटघाट

 फागुन २२, २०७७ शनिबार १५:२६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेत्रविक्रम चन्द नेतृत्वको समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेट्नुभएको छ ।

सरकारसँग सम्झौतापछि हिजो सार्वजनिक भएका विप्लवले नख्खु कारागार गएर पार्टीका नेता ओलीसँग भेट गर्नुभएको हो । सुदर्शनलाई भेट्न विप्लवसहित वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने पनि नख्खु कारागार पुग्नुभएको हो ।

विप्लव समूहका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड इन्चार्ज समेत रहेका ओलीमाथि नख्खुमा रहेको एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोप छ । ओलीलाई २०७५ चैतमा काभ्रेबाट पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको छ । सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा यस अघि पक्राउ परेका विप्लव समूहका सबैलाई रिहा गर्ने सहमति भएको छ ।

सरकारले विप्लव समूहका नेता-कार्यकर्तालाई छाड्ने क्रम शुरु गरिसकेको छ । 
 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया