हामीसँग हतियार छैन : धर्मेन्द्र बास्तोला

 फागुन २२, २०७७ शनिबार १७:५३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले आफ्नो पार्टीसँग हतियार नभएको दाबी गर्नुभएको छ ।

आज रिपोर्टस् क्लब नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले सशस्त्र विद्रोह नभएर एकीकृत जनक्रान्ति गरेको बताउनुभयाे ।

‘हाम्रो पार्टीले हतियार लिएर लड्ने सशस्त्र युद्ध गरेको होइन’, उहाँले भन्नुभयो, ‘हामीसँग हतियार छैन । हामीले गरेको एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन, यो निरन्तर प्रक्रिया हो ।’

यस्तै उहाँले देशको समस्या हल गर्नको लागि मुख्य मुख्य विषयमा जनमतसंग्रह गरिनुपर्ने आफ्नो पार्टीको एजेण्डा रहेको पनि बताउनुभयो । तर जनमतसंग्रह के के विषयमा गर्ने भनेर अहिले नै भन्न सम्भव नभएको उहाँको भनाइ छ । 

यस्तै दुई तिहाइ बुहमत भएको सरकार भएर पनि जनताको अवस्थामा केही सुधार नभएको पनि उहाँले बताउनुभयो ।

‘दुई तिहाइ बुहमत गरेको सरकार छ । तर, स्थिति झगडा गर्नुपर्ने छ, अनि देश कसरी बन्छ ?’, उहाँले भन्नुभयो, ‘गरिब जनताको अवस्था जस्तो पहिले थियो, अहिले पनि त्यस्तै छ, ठोस प्रकारको आर्थिक नीति आवश्यक छ ।’

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया