अत्तरियासँग हारे पनि बुटवल अर्जुन ट्रफी क्रिकेटको सेमिफाइनलमा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डौ - पुन:स्थापनापछि प्रतिनिधिसभाको पहिलो पहिलो बैठक आज बस्दै छ ।
गएको पुस ५ गते विघटनको घोषणा भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले गएको ११ गते पुनःस्थापना गरिदिएको थियो । संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सर्वोच्चले आदेश दिएकाले आज दिउँसो ४ बजेका लागि बैठक आह्वान गरिएको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाको घोषणापछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने प्रधानमन्त्री ओलीमाथि दबाब रहेपनि उहाँले राजीनामा दिनुभएको छैन । प्रधानमन्त्री ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने र विश्वासको मत पनि नलिने मनस्थिति बनाउनुभएको छ । हिजोको नेकपाको ओली समूहको संसदीय दलको बैठकले पनि यही निर्णय गरेको थियो ।
यस्तै नेकपाको प्रचण्ड–नेपाल समूहले बैठक बस्नुअघि राजीनामा नदिए अविश्वासको प्रस्तावमार्फत हटाउने बताउँदै आएको छ । अविश्वासको प्रस्तावमार्फत प्रधानमन्त्री ओलीलाई हटाउन अरु दलको सहयोग आवश्यक पर्ने र अरु दलले अहिले नै निर्णय नगरिसकेकाले आज नै अविश्वासको प्रस्ताव दर्ता गर्ने कि नगर्ने भन्नेमा प्रचण्ड-नेपाल समूहले निर्णय गरिसकेको छैन ।
नेपाली कांग्रेसले नेकपा विभाजित नभएसम्म कुनै एउटा गुटलाई मात्रै समर्थन गरेर अघि बढ्न नसक्ने प्रतिक्रिया दिँदै आएको छ । तेस्रो ठूलो दल जसपाले पनि निर्णय गरिसकेको छैन । अविश्वासको प्रस्ताव फेल भयो भने तत्काल फेरि अर्को अविश्वासको प्रस्ताव पेस गर्न नमिल्ने भएकाले आज नै प्रस्ताव पेस हुनेबारे अन्याेल छ ।
आजको कार्यसूचीमा यो विषय भने समावेश भएको छैन । आजको बैठकमा ८ वटा सम्भावित कार्यसूची प्रस्ताव गरिएको छ । यसअघि नै प्रतिनिधिसभाका ३८ र राष्ट्रियसभाका २५ विद्येयक अड्किएर बसेको छ । तर विधेयकहरुमाथि छलफलमा भन्दा सत्ता गठबन्धनको मुद्दाले बैठकमा प्राथमिकता पाउने देखिएको छ ।
यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजित भए पनि कानुनी रुपमा अहिलेसम्म विभाजित नभइसकेकाले आजको संसद बैठकमा दुवै समूहका सांसदहरु सत्ता पक्षकै बेन्चमा बस्नेछन् । दल विवादका कारण फरक-फरक ठाउँमा बस्ने भन्ने नहुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।