आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई काेराेना खोप लगाइने

 फागुन २३, २०७७ आइतबार ८:२३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारले आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउँदै छ  ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने भएकाे हाे ।  

खोपको उपलब्धता र जोखिमको आधारमा आजदेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई खोप दिइने छ । दोस्रो चरणको खोप अभियानका लागि स्वास्थ्य मन्त्रालयले ६ हजार खोप केन्द्र तोकेको छ ।

यसअघि अस्पतालमा खोप अभियान सञ्चालन गरेको मन्त्रालयले दोस्रो चरणमा खोप केन्द्र नै तोकेको हो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले हरेकदिन २ देखि ३ लाख जनालाई खोप दिने तयारी गरेको जानकारी दिनुभयो ।

दोस्रो चरण सुरु भएको ११ औँ दिनदेखि ५५ वर्षदेखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइनेछ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले अपाङ्गता भएकाहरुलाई प्राथमिकतामा राखिएको जानकारी दिनु भएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया